गृहपृष्ठ क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै
क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउछन् ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि सुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुवन्धित भएका छन् ।
द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।
प्रकाशित समय : २०:१४ बजे