Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

अटो नेपाल म्यागजिनलाई  २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

न्युज कारोबार काठमाडौं असार २२, २०७८       

अटो नेपाल म्यागजिनलाई  २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

नेपाल अटोमोवाइल्स एसोसिएसन र नासा फाउण्डसनद्वारा हरेक वर्ष प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्ड यस वर्ष  'अटो नेपाल' म्यागजिनलाई प्रदान गरिएको  छ । विगत १५ वर्षदेखि नेपालको मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाई आइरहेको अटो नेपाललाई सो अवार्ड प्रदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउण्डेसन नेपालकी संयोजक भगवती सेढाई, नेसनल एलाइन्स फर सेफ एण्ड सष्टेनेवल मोबिलीटीका संयोजक गोबिन्द भट्टराईको उपस्थिती रहको थियो । अतिथीहरद्वारा अटो नेपालको तर्फबाट रोशन कुमार श्रेष्ठ र भुषन कुमार श्रेष्ठलाई सो अवार्डको साथमा प्रसंशापत्र तथा नगद एघार हजार एक सय एघारसमेत प्रदान गरे ।

छैटौँ UN Global Road Safety Week को सन्दर्भमा नासा नेपाल, नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी तथा नासा फाउन्डेसनलगायतका संघ-संस्थाले सञ्चालन गरेको साप्ताहिक अभियानअन्तर्गत नै सो  अवार्ड वितरण गरिएको हो । 

सम्बन्धित खबरहरु