Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

होण्डा सीबी थ्री फिप्टी डिलक्सको नेपालमा लोकप्रियता बढ्दो

न्युज कारोबार काठमाडौं असार २०, २०७८       

होण्डा सीबी थ्री फिप्टी डिलक्सको नेपालमा लोकप्रियता बढ्दो

होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्र्याएको सीबी थ्री फिप्टी (CB 350 DLX) छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको कम्पनीले जनाएको छ । होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केही समीक्षा भएता पनि यस बाइकमा भएको फिचर्सले बाइकरको मन लोभ्याएको छ ।

केही साताअघि सार्वजनिक गरिएको यस बाइक स्टक आउट भएको छ । अब बाइक खरिद गर्न इच्छुक बाइकरले अगष्ट महिनासम्मका लागि कुर्नुपर्ने कम्पनीले जानकारी गराएको छ । आकर्षक रेट्रो लुक्स, ३५० सीसीको इन्जिन र मोर्डन फिचर्सले गर्दा यो बाइक सबै उमेरका बाइकर माझ लोकप्रिय बन्न सफल भएको छ । ३००० आरपीएममा ३० एनएम टर्क र ५५०० आरपीएममा २१.०७ पीएसको अधिकतम पावर उत्पादन गर्नसक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकमा उपलब्ध नभएका धेरै फिचर्स जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहितको लीड हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच, डिजिटल मिटरहरु उपलब्ध रहेका छन् ।

सम्बन्धित खबरहरु