Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

सुन्तलेखोला जलविद्युत् आयोजनामा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

न्युज कारोबार ताप्लेजुङ असार १९, २०७८       

सुन्तलेखोला जलविद्युत् आयोजनामा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजंघा गाउँपालिका-२ आम्बेगुदिनका २० वर्षीय प्रमोद  कुँवरको मृत्यु भएको हो ।

विद्युत् जडानमा खटिइरहेको अवस्थामा आज अचानक करेन्ट लागेर कुँवरको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले बताए । अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका-५ लिम्बुदिन र वडा नं ६ मेहेले तथा सिरिजंघा-२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन् ।

सम्बन्धित खबरहरु