nmb bank

गृहपृष्ठ कोपा अमेरिका फुटबल : चिलीलाई हराउँदै ब्राजिल ‘अन्तिम चार’मा

कोपा अमेरिका फुटबल : चिलीलाई हराउँदै ब्राजिल ‘अन्तिम चार’मा

कोपा अमेरिका फुटबल : चिलीलाई हराउँदै ब्राजिल ‘अन्तिम चार’मा

'डिफेन्डिङ च्याम्पियन' ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाइनलमा चिलीलाई पराजित गर्दै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।

दोस्रो हाफको पहिलो मिनेटमा लुकास पाक्केटाले गरेकाे एकमात्र गोल ब्राजिललाई जितकाे लागि पर्याप्त बन्याे । खेलको ५०औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । खेलको करिब ५० मिनेटको समय ब्राजिलले १० खेलाडीमा सिमिति बनेर खेलेको थियो ।

शनिबार नै भएकाे पहिलो क्वार्टरफाइनलको खेलमा पेरुसँग पाराग्वे स्तब्ध बन्यो । निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४-३ ले नतिजा आफ्नाे पक्षमा पार्‍याे । क्वार्टरफाइनलको बाँकी खेलमा आइतबार बिहान ३:४५ बजे उरुग्वे र कोलम्बिया तथा ६:४५ बजे अर्जेन्टिना र इक्वेडर भिड्नेछन् ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु