Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

नेप्सेकाे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

न्युज कारोबार काठमाडौं असार १५, २०७८       

नेप्सेकाे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव रहेको मैनालीलाई सोमबार नेप्से अध्यक्षमा नियुक्ति गरिएको हो ।

मैनाली यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए । मैनालीले सोमबार नै अध्यक्षको पदभार ग्रहण गरिसकेका छन् । नेप्से अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियाे ।

सम्बन्धित खबरहरु