Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

न्युज कारोबार सर्लाही असार १२, २०७८       

एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या गरिएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएका थिए । साेही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेका थिए ।

सम्बन्धित खबरहरु