nmb bank

गृहपृष्ठ नेपाल चेम्वर अफ कमर्सद्वारा बाढी पीडितको लागि राहत सामग्री हस्तान्तरण

नेपाल चेम्वर अफ कमर्सद्वारा बाढी पीडितको लागि राहत सामग्री हस्तान्तरण

नेपाल चेम्वर अफ कमर्सद्वारा बाढी पीडितको लागि राहत सामग्री हस्तान्तरण

हालैको भीषण वर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षति पुगेको छ । यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामग्री वितरण गरेको छ ।

राहत सामग्रीको रुपमा त्रिपाल,चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । उक्त राहत सामग्री मनाङको लागि काठमाण्डौस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका बाढी पीडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरे । त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले चेम्बरको तर्फबाट अध्यक्ष मल्लले गहिरो दुख व्यक्त गरेका छन् ।

बाढीमा परी असामयिक निधन भएकाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति अध्यक्ष मल्लले गहिरो समवेदनासमेत व्यक्त गरेका छन् । उक्त अवसरमा चेम्बरका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
 

प्रकाशित समय : २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु