Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

थप १ हजार ६८८ जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं असार ५, २०७८       

थप १ हजार ६८८ जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

पछिल्लाे २४ घण्टामा देशभर १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

यसैगरी, ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हाे । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । यस्तै, २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।

मन्त्रालयकाे तथ्यांकअनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ । क्वारेन्टाइनमा भने ४४१ जना रहेका छन् ।

सम्बन्धित खबरहरु