Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

'सभापतिमा फेरि एकपटक उठ्छु, सहयोग गर्नुस्'

न्युज कारोबार काठमाडौं असार ५, २०७८       

'सभापतिमा फेरि एकपटक उठ्छु, सहयोग गर्नुस्'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिमा पुन: उठ्ने बताएका छन् । शनिबार आफूनिकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका हुन् । सहभागीहरूले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।

प्रदेश १ का केन्द्रीय सदस्यलाई बिहान बोलाएको बैठक करिब तीन घन्टा देउवानिवास बूढानीलकण्ठमा बसेको थियो । बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘म फेरि एकपटक सभापतिमा उठ्छु, एकपटकलाई सहयोग गर्नुस् भन्नुभयो ।’

बैठकमा प्रदेश १ का केन्द्रीय सदस्यहरुका साथै उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङलगायत उपस्थित थिए ।

सम्बन्धित खबरहरु