nmb bank

गृहपृष्ठ अविदितको अनन्त यात्रा मृत्यु

अविदितको अनन्त यात्रा मृत्यु

अविदितको अनन्त यात्रा मृत्यु

संसारमा विनारहर नै पाइने
जन्म र मृत्यु दुईवटा शाश्वत सत्य,
रहस्य, अनन्त जिज्ञासाको
तर, कहिल्यै नसुल्झिने जो टारेर टर्दैनन्
पन्छाएर पन्छिँदैनन् ।
यी दुई बीचका अनवरत यात्रा पनि
अझ भनूँ, अनन्त यात्रा सबै
व्यक्ति आफैं एक्लैले तय गर्नु छ
जहाँ चाहेर पनि साथ दिन सकिँदैन
आखिर एक्लै आउने हो एक्लै जाने हो
विना सूचना, विना ठेगाना
कल्पनै नगरेको ठाउँ जुन कसैले देखेकै छैन ।
जन्मदेखि मृत्यु बीचको समयमा
एउटा रंगमञ्च लाग्छ
हामी जीवनमा अनेक अभिनय गर्दछौं
कहिले प्रेम, कहिले घृणा
कहिले प्राप्ति, कहिले बिछोड
सुख–दुःख, तेरो–मेरो
अचम्मै छ !
अथाह मोहजालमा हामी यसरी फस्छौं कि
जहाँबाट निस्कनै मुस्किल छ ।
हामी भन्छौं सबै मेरो, सबै मेरा
अखिर के हो यो सब ?
रंगमञ्चमा नाटक हेर्दाको भ्रमजाल मात्र
सत्य त यो हो– मृत्यु
जो हामी यस धर्तिमा आउँदैमा
तय गरेरै आएका छौं शाश्वत तय ।
म भन्छु, जन्मनुको प्राप्ति जीवनको बोध
सच्चा आत्मज्ञानको बोध
मात्र आफ्नो यही हो अरू सब भ्रमै मात्र ।
सुन्दा लामो लाग्ने सय वर्ष
खै कसरी बित्छ क्षणिक रंगमञ्च
अभिनेता हुनुको पनि निरर्थकता
हामी रंगमञ्चका कठपुतली भ्रमैले नचाइरहन्छ
हामी स्वचालित रूपले नाचिरहन्छांै
रुमल्लिइरहन्छौं, बस त्यतिमात्र ।
जीवनको अन्तिम सत्य– मृत्यु
जे जति सम्बन्धहरू बनून् या भत्किउन्
साथ लाग्दैनन् मृत्युमा सबै छोडेर जाने हो
एक्लै जाने हो
बाँच्नेहरू सबै असहाय निरीह बनेर पर्खिरहन्छन्
मात्र एकटकले हेर्दै आफ्नो अन्तिम यात्रा,
अविदितको अनन्त यात्रा मृत्यु !

अलविदा दाजु !
हजुरको प्रिय अनुज
अर्जुन भण्डारी

प्रकाशित समय : ००:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु