Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

न्युज कारोबार काठमाडौं असार ४, २०७८       

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

भरखरै नयाँ मुख्यमन्त्रीको रूपमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । ५९ सांसद रहेको गण्डकीमा नेकपा एमालेका २७ सांसदबाहेक ३१ सांसदले मतदान गरेर विश्वासको मत प्राप्त गरेका हुन् भने राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई उनको दलले निष्कासन गरेका कारण उनी पदमुक्त भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । ५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् भने एक जना सांसद पदमुक्त छन् ।

सम्बन्धित खबरहरु