Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

ऊ कवि

न्युज कारोबार काठमाडौं असार २, २०७८       

ऊ कवि

ऊ कवि हो
कविता लेख्छ र कवितामा
समाज लेख्छ
जीवन लेख्छ 
आफूलाई लेख्छ 
अरूलाई लेख्छ
ऊ कवि हो ।
ऊ कवि हो
सडकमा बोल्छ
सदनमा बोल्छ
इतिहास बोल्छ
भविष्य बोल्छ
युग बोल्छ
ऊ कवि हो ।
ऊ कवि हो
क्रान्ति जन्माउँँछ 
विद्रोह गुनगुनाउँछ
गाडिएकालाई उत्खनन गर्छ
उत्खनन् गरिएकालाई गाडिदिन्छ
र परिवर्तनको चेत विस्तार गर्छ
ऊ कवि हो ।
एक न्यायाधीश
एक वकिल 
न्यायको प्रतिमूर्ति 
प्रजातन्त्रको हकदार 
आन्दोलनको प्रवर्तक 
चेतनाको संवाहक
सामाजिक सचेतक
ऊ कवि हो ।
ऊ कवि हो
जताकतै सम्भावना देख्छ
ढुंगामा जीवन देख्छ
बादलमा घर देख्छ
पानीमा आगो देख्छ
र दुनियाँले उसलाई बौलाह देख्छ
ऊ कवि हो ।
जसले शिरलाई भन्दा पैतालालाई माया गर्छ
फूललाई भन्दा जरालाई मन पराउँँछ 
मैले पनि उसलाई औंधी मन पराउँछु 
ऊ कवि भएकै कारण
मैले जस्तै पसिनामा पसिना खोजेकै कारण
शासकको हत्कडीबाट
मेरो कलमलाई मुक्ति दिएकै कारण !
ऊ कवि हो ।

खेमराज रौतेडा
 

सम्बन्धित खबरहरु