गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा काठमाण्डौंको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्पन्न भएको हो ।
सो सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात गर्ने कार्य गरेको छ । त्यस्तै , नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा NFRS प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ । विशेष प्रस्तावतर्फ कम्पनीले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्य गरेको छ ।
सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बिमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बिमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको बताए । उनले कम्पनीको सो विषयलाई अवसरको रुपमा लिई बिमासम्बन्धी जानकारी, जनचेतना र बिमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे ।
उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्समार्फत गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागीय प्रमुख प्रत्यक्ष उपस्थित रहेको थिए भने सेयधनीले भिडियो कन्फरेन्समार्फत उपस्थिति जनाएका थिए ।
प्रकाशित समय : २२:५१ बजे