Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी निषेधाज्ञामा सिंहदरबार अगाडिको दृश्य । (फाइल तस्बिर)

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक आज बस्दैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा थप निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले थप एक साता निषेधाज्ञा लम्बिनसक्ने बताए । तर, यसबारे थप निर्णय आजको बैठकमा हुने उनको भनाइ छ । संक्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै उनले केही खुकुलो बनाएर निषेधाज्ञा थपिनसक्ने प्रजिअ पराजुलीले बताए ।

सम्बन्धित खबरहरु