Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

काठमाडौँ म्यारियट होटेलद्वारा चक्र स्मृति पाठशालाका विद्यार्थीलाई राहत प्रदान 

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

काठमाडौँ म्यारियट होटेलद्वारा चक्र स्मृति पाठशालाका विद्यार्थीलाई राहत प्रदान 

काठमाडौँ म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सिएम पाठशालाका विद्यार्थीलाई खाद्यान्न सामग्री र सरसफाईका सामानहरु वितरण गरेका छन् ।

सिएम पाठशाला गोकर्नेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो । जसले मजदुरको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यक्रम म्यारियटको मार्गनिर्देशनको पालना गर्दै काम गरिरहेको छ ।

म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट हाम्रो समुदायमा सकरात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको छ ।

सम्बन्धित खबरहरु