Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

नेपाल विज्ञापन संघद्वारा स्थापना दिवसको अवसरमा विज्ञापन सप्ताह कार्यक्रम

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

नेपाल विज्ञापन संघद्वारा स्थापना दिवसको अवसरमा विज्ञापन सप्ताह कार्यक्रम

नेपाल विज्ञापन संघ (आन) ले स्थापना दिवसको अवसर पारेर साता भरी नेपाली विज्ञापन सप्ताह कार्यक्रम मनाउने निर्णय गरेको छ । आनले यहि जेठ ३० गतेदेखि असार ७ गतेसम्म मनाउने निर्णयअनुसार 'एड˗डे' नेपाली विज्ञापन सप्ताह कार्यक्रम गरिने भएको हो ।

जस अनुसार एड-डे को लोगो सार्वजनिक गर्ने, नेपाली मिडियामा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियामा लोगो सार्वजनिक गर्ने आनले जनाएको छ । त्यस्तै विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ठ व्यतित्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउने पनि नेपाल आन ,एड-डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा प्रथम उपाध्यक्ष सुदिप थापाले बताए ।

साथै विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार˗उद्यमीलाई वेभिनारमार्फत श्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान,उपलव्धी र अवसर आदि विषयमा अन्तरक्रिया गर्ने र विभिन्न मिडियामा गराउने पनि उनको भनाइ छ । विज्ञप्तमा भनिएको छ, 'विज्ञापनदाता, मिडियाकर्मी, विज्ञापनकर्मी, कलाकर्मी, विज्ञापन सर्जक, पत्रकार, आम नागरिक, सुभेच्छुक सबैमा हार्दिक शुभकामना दिदै आगामी दिनमा पनि सबैको निरन्तर सहयोग, सदभाव र योगदानको नेपाल विज्ञापन संघ (आन) हार्दिक अनुरोध गर्दछ ।'

यस अवसरमा आनले सामाजिक दुरी कायम गर्दै, उच्च सावधानीका साथ, भीडभाड नगरी, सचिवालय शान्तिनगर, काठमाण्डौंमा जेष्ठ ३० गते बिहान ११ बजे रक्तदानको आयोजना गर्दैछ । 'एड-डे' को मुख्य प्रायोजन बिजमान्डु र सह-प्रायोजन अम्बे स्टिलले गरेको छ । मूलधारका नेपाली राष्ट्रिय दैनिक र नेपाली स्याटलाइट टेलिभिजन, अनलाइन पोर्टल र रेडियोकोसमेत साझेदारी रहेको छ ।
                                
 

सम्बन्धित खबरहरु