Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

न्युज कारोबार उदयपुर जेठ ३०, २०७८       

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

जिल्लाको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका-१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेमा कटारी नगरपालिका-१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली-४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली-४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए । घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

सम्बन्धित खबरहरु