Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध फाइल तस्विर

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्यांजाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्यांजाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा-स्यांजा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए । सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा अहिले सवारी साधनको जाम रहेको छ ।

सम्बन्धित खबरहरु