Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

चौधरी फाउन्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याकाे आईसीयू वार्ड स्थापना गरी हस्तान्तरण

न्युज कारोबार काठमाडौं जेठ २८, २०७८       

चौधरी फाउन्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याकाे आईसीयू वार्ड स्थापना गरी हस्तान्तरण

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी अस्पताल व्यवस्थापनलाई बिहीबार हस्तान्तरण गरेको छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रममा कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्राडा. जागेश्वर गौतमलाई आईसीयू वार्ड हस्तान्तरण गरे ।

कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व भएकाे फाउन्डेसनका उपाध्यक्ष चाैधरीले बताए । उनले भने, 'यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्‍यौँ । र, आईसीयू वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्याैं ।’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्राडा. देव नारायण शाहले कोभिड महामारीको विषम परिस्थितिमा वीर अस्पतालमा आईसीयू वार्ड निर्माण गरेर फाउन्डेसनले समाजसेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको बताए ।

वीर अस्पतालकाे नयाँ भवनको पहिलो तलामा ९​ र दोस्रो तलामा ९ गरी कुल १८ शय्याको आईसीयू वार्ड निर्माण भएको हाे । विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आईसीयू वार्ड निर्माण गरिएको फाउन्डेसनले जनाएकाे छ ।

सम्बन्धित खबरहरु