Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एमाले महाधिवेशन आयोजक कमिटी आधिकारिक पार्टी संरचना होइन : सर्वोच्च

न्युज कारोबार काठमाडौं जेठ २७, २०७८       

एमाले महाधिवेशन आयोजक कमिटी आधिकारिक पार्टी संरचना होइन : सर्वोच्च

सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका निर्णयले मान्यता नपाउने निर्णय सुनाएको छ । एमालेले फ्लोर क्रस गरेको भन्दै प्रदेश सभा सदस्य पदबाटै हटाएका कर्णाली प्रदेशका चार जना प्रदेश सभा सदस्यलाई पुनर्वहाली गर्न आदेश दिँदै सर्वोच्चले महाधिवेशन आयोजक कमिटी एमाले पार्टीको आधिकारिक पार्टी संरचना नभएको ठहर गर्दै त्यसले गरेका निर्णयसमेत बदर हुने भनेको छ ।

उनीहरुलाई केन्द्रीय कमिटीबाट नभइ दशौं महाधिवेशन आयोजक कमिटीबाट निष्कासन गरिएको उल्लेख गर्दै सर्वोच्चको आदेशमा भनिएको छ, 'निवेदकहरुलाई कर्णाली प्रदेश सभा सदस्य र कर्णाली संसदीय दलको सदस्यबाट हटाएने तथा निष्कासन गर्ने कार्य नेकपा एमालेबाट नभइ नेकपा एमाले दशौं राष्ट्रिय महाधिवशेन आयोजक कमिटीबाट भएको भन्ने देखिन्छ। निवेदकहरु आवद्ध राजनीत दल नेकपा एमाले रहेको देखिन्छ ।'  

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (२) मा केन्द्रीय समितिले दलबाट निष्कासन गर्ने व्यवस्था रहेको सर्वोच्चको आदेशमा उल्लेख छ । एमालेको दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय समितिबाटै रुपान्तरित संरचना हो । केन्द्रीय समितिकै अधिकार भएको र भूमिकामा रहेको यसलाई सर्वोच्च अदालतले भने कानुनी रुपमा स्वीकार गर्न नसकिने ठहर गरेको छ ।

सर्वाेच्चकाे आदेश :

 

सम्बन्धित खबरहरु