Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

न्युज कारोबार काठमाडौं जेठ २७, २०७८       

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसदमा विश्वासको मत गुमाएका छन् । संसद्‌मा आज (बिहीबार) भएको मतदानमा उनको विपक्षमा ३० मत खस्यो । बहुमत सिद्ध गर्न ३१ मत प्राप्त गर्नुपर्ने गुरुङले २७ मत प्राप्त गरे । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको मत गुरुङको विपक्षमा परेको थियो ।

संसद्‌मा जम्मा उपस्थित सांसद संख्या ५८ रहेको थियो । कुल ६० जना प्रदेश सभाको मतदान प्रक्रियामा १ सांसद उपस्थित भएनन् । प्रदेश सभामा उपस्थित भएकामध्ये १ जना सांसद कतै पनि मतदान नगरी तटस्थ रहे । 

मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको आधारमा वैशाख २९ मा मुख्यमन्त्री भएका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार १६८ (४) अनुसार उनले संसद फेस गरेका हुन्  ।

गण्डकी प्रदेशमा अब नयाँ सरकार बन्ने विकल्प एक मात्रै बचेको छ । संसद्को कुनै एक सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधारसहित प्रदेश प्रमुख समक्ष दाबी गर्ने  विकल्प बाँकी छ । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेललाई  समर्थन गरी बहुमतको दाबी गर्ने तयारीमा छन् ।

सम्बन्धित खबरहरु