Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

थप २८७४ जनामा कोरोना पुष्टि, ५२९३ संक्रमणमुक्त

न्युज कारोबार काठमाडौं जेठ २७, २०७८       

थप २८७४ जनामा कोरोना पुष्टि, ५२९३ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ९०१ पीसीआर परीक्षण गर्दा २ हजार ८७४ जनामा र ५ हजार ३३७ जनामा एन्टिजेन परीक्षणमा ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार देशभर पीसीआर र एन्टिजेन गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या पीसीआर मात्रै ६ लाख एक हजार ६८७ पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रण पुष्टि हुनेको संख्या १७ हजार ७१४ पुगेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ रहेको छ । मन्त्रालयका अनुसार बिहीबार थप ५९ जनाको निधन भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ८ हजार २३८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ छन्  । जसमध्ये ६१६ जना क्वारेन्टिनमा रहेका छन् ।

सम्बन्धित खबरहरु