Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

न्युज कारोबार पाेखरा जेठ २७, २०७८       

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदैछनं । आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री गुरुङले प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।आज सत्ता र विपक्षी दुवैले बहुमत नपुर्‍याए गण्डकीमा मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना पनि उत्तिकै बलियो बनेको छ ।

मुख्यमन्त्री गुरुङलाई चाहिने मन उनको दल नेकपा (एमाले)सँग मात्र छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् । एमालेका यी सांसद पनि अहिले दुई खेमामा विभक्त छन् । जसअनुसार गण्डकी प्रदेशमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले मुख्यमन्त्री गुरुङलाई नै साथ दिने घोषणा गरिसकेका छन् ।

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् । यो  गठबन्धनका लागि बहुमत पुर्‍याउन एक मतको आवश्यकता रहेको छ । जनमोर्चाका तीन सांसद एकजुट नहुँदा गण्डकीमा विपक्षी गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने अवस्था आएको हो ।

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

सम्बन्धित खबरहरु