Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कीर्तिमानी अंकमा पुगेर फर्कियो नेप्से

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

कीर्तिमानी अंकमा पुगेर फर्कियो नेप्से

तीन हजार अंकमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार अंकले छोएको थियो । यो हालसम्मकै उच्च थियो ।

पुन: बजार सम्हालिएर १३.५६ अंकले नेप्से घटी दुई हजार ९४६.५८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क २.८३ अंकले घटेर ५२५.२८ मा झरेको छ । कुल २२१ कम्पनीको तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरणमा सामान्य गिरावट आएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख १० हजार बराबर रहेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज छ उपसमूहको सेयर उकालो लागेको छ भने सात उपसमूहको सेयर ओरालो लागेको छ । व्यापार ७८.९३, वित्त ४७.३८, निर्जीवन बिमा ३९, उत्पादन २३७.४६, जीवन बिमा २९.१२ र सामूहिक लगानी कोष ०.०३ अंकले उकालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८७ करोड ९४ लाख ९० हजार १०७ बराबरको कारोबार भयो । यस्तै, पुनर्बिमा कम्पनी ६१ करोड ८० लाख ३८ हजार ३९३, नेपाल इन्स्योरेन्स कम्पनी ५१ करोड छ लाख ७१ हजार १५२, लुम्बिनी विकास बैंक ४८ करोड २८ लाख ९८ हजार २१९ र युनाइटेड मोदी ४७ करोड १४ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, नेपाल इन्स्योरेन्स र युनाइटेड मोदीका लगानीकर्ताले समान ९.९५ प्रतिशतले कमाउँदा रिडी हाइड्रोपावर ९.९२, अरुण भ्याली हाइड्रोपावर ९.८६ र सिइडिबि हाइड्रोपावरका सेयरधनीले ९.८६ प्रतिशतले आर्जन गरे ।

त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८८, महालक्ष्मी विकास बैंक ६.३७, साइन रेसुंगा डेभलपमेन्ट बैंक ६.१५, मितेरी डेभलपमेन्ट बैंक ५.९७ र गरिमा विकास बैंकका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित खबरहरु