Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

महाधिवेशन भदौमै हुन्छ, म यसमा प्रतिवद्ध छु : देउवा

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

महाधिवेशन भदौमै हुन्छ, म यसमा प्रतिवद्ध छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौमै हुने बताएका छन् । सभापति देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु ।'

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको आफूले बुझेको उनले बताएका छन् । 'महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्', उनले भनेका छन्, 'महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनु पर्दछ ।'

उनले महाधिवेशनका लागि बढी समय नभएको बताउँदै असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्ने बताएका छन् । 'पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन्', उनले भनेका छन् । उनले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्था, विदेश स्थित जनसम्पर्क समितिलाई महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपर्न भनेका छन् ।

विज्ञप्ति :

सम्बन्धित खबरहरु