Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

थप ३ हजार ४४९ जनामा कोरोना पुष्टि, ८१ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

थप ३ हजार ४४९ जनामा कोरोना पुष्टि, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ७४ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ जनामा कोरोना देखिएको छ । 

यसरी पीसीआर र एन्टिजेन गरी देशभर  ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको छ । मंगलबारको तुलनामा आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या कम हो । मंगलबार १०८ जनाले ज्यान गुमाएका थिए । 

देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ छन् ।

सम्बन्धित खबरहरु