Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

स्वावलम्बन लघुवित्त संस्थाको संस्थापक सेयर बिक्रीमा

प्रति सेयर न्यूनतम मूल्य ७५१ रूपैयाँ

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

स्वावलम्बन लघुवित्त संस्थाको संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गत १ लाख ९० हजार ६५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराएको छ । संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति,कम्पनी,संघ,संस्थाले जेठ २४ गते देखि असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड काठमाण्डौंमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने पनि कम्पनीले जनाइएको छ ।

सम्बन्धित खबरहरु