Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

बुधबार पनि सुनको मूल्य उकालो

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

बुधबार पनि सुनको मूल्य उकालो

मंगलबार उकालो लागेको सुनको मूल्य बुधबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ३ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार १ सय रूपैयाँ बढेको हो । चार दिनयता एक दिनबाहेक सुनको मूल्य उकालो लागेको छ । महासंघका अनुसार  सोमबार ३ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार भने ७ सय रूपैयाँ बढेको थियो ।

मंगलबार ९४ हजार एक सय कायम गरिएको छापावाल सुन बुधबारको लागि ९४ हजार २ सय रूपैयाँ कायम गरिएको छ । त्यस्तै मंगलबार तोलामा ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ९३ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा ५ रूपैयाँ घटेर १ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १ हजार ३ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु