Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

३४९ स्वास्थ्य संस्था र स्थानीय निकायले पाए भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री ​(सूचीसहित)

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

३४९ स्वास्थ्य संस्था र स्थानीय निकायले पाए भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री ​(सूचीसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा विभिन्न सामग्री तथा उपकरण पठाएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले विभिन्न ३४९ वटा स्वास्थ्य संस्था र स्थानीय तहका लागि एन्टिजेन किट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर तथा भेन्टिलेटर पठाएको हो ।

विभिन्न अस्पतालहरुमा १६ लाख १९ हजार ७५० थान एन्टिजेन किट, ९७० वटा अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका अक्सिजन सिलिण्डर ५ हजार १२ थान, ४६ लिटरका अक्सिजन सिलिण्डर २०२, र ४० लिटर अक्सिजन ग्यास सिलिण्डर ३२९ वटा पठाइएको विभागले जनाएकाे छ । त्यसैगरी विभागले देशभरका ३४ वटा अस्पताल तथा स्वास्थसंस्थाका लागि ९५ वटा भेन्टिलेटर पठाएकाे छ । विभागका अनुसार वीर अस्पताल र शुक्रराज अस्पतालमा ११/११, सशस्त्र प्रहरी अस्पताल बलम्बुले ४, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले २, भक्तपुर क्यान्सर अस्पतालले १, भक्तपुर अस्पतालले १ र भरतपुर अस्पताल चितवनले ३ वटा भेन्टिलेटर पाएका छन् ।

भेरी अस्पताल ५, डडेल्धुरा अस्पताल १, धौलागिरी अस्पताल २, धुलिखेल अस्पताल ४, जीपी कोइराला अस्पताल २, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३, कान्ति बाल अस्पताल १, कर्णाली प्रदेश अस्पताल २, कोशी अस्पता २, लुम्बिनी प्रदेश अस्पताल २, महाकाली अस्पताल ३, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर ३, मेची अस्पताल १, नारायणी अस्पताललाई ५ वटा भेन्टिलेटर प्रदान गरिएकाे हाे । राष्ट्रिय ट्रमा सेन्टरले ३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले १, पाटन अस्पतालले ३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १, पृथ्वीचन्द्र अस्पताल नवलपरासीले १, प्रदेश स्वास्थ्य सामग्री व्यवस्थापन केन्द्र बुटवलले २, प्रदेश अस्पताल जनकपुरले २, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १, राप्ती प्रदेश अस्पतालले २, सेती प्रदेश अस्पतालले ३, वीरेन्द्र सैनिक अस्पतालले २ र त्रिवि शिक्षण अस्पतालले ५ वटा भेन्टिलेटर प्राप्त गरेकाे छ ।

स्वास्थ्य सामग्रीकाे सूची :

 

सम्बन्धित खबरहरु