Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एक दिनको फरकमा दाजुभाइ मृत फेला

न्युज कारोबार महाेत्तरी जेठ २५, २०७८       

एक दिनको फरकमा दाजुभाइ मृत फेला

महोत्तरीको बर्दिबास नगरपालिका- ३, गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मंगलबार पूर्व-पश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास- १ मा मृत भेटिएका हुन् ।

दुवै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ । रमेशको हातमा सामान्य चोट र नाकबाट रगत बगिरहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । (रासस)

सम्बन्धित खबरहरु