Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण

कोभिड- १९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप संघीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

प्राप्त सामग्रीहरूमा ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० थान एफएफपीटू मास्क, ३० हजार सर्जिकल मास्क, १०० जोर गम बुट, पाँचवटा एकन्तबास त्रिपाल, २०० थान बडी ब्याग, २५ हजार लिटर निर्मलीकरण झोल हस्तान्तरण गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य उपकरणलगायत सामग्री प्रदान गरेकामा नेपाली जनता र नेपाल सरकारका तर्फबाट मन्त्री तामाङले जर्मन नागरिक र सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।

सम्बन्धित खबरहरु