Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एसबी सोल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

एसबी सोल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

मेगा बैंक लिमिटेडले एसबी सोल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सोल्युसनका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्क फ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै बैंकले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुने बैंकले जनाएको छ । यसले प्रणालीभित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउने छ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिङगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरको मानकीकरणको रुपमा पनि रहेको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा, बैंकले एसबी सोल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ । जसले ग्राहकलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टलमार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्‍याउँछ ।

मेगा बैंक नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतप्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । बैंकले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त 'ख' वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्थासँग गाभेको छ । मेगा बैंकको लगभग ८ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकका देशभरी १८० भन्दा बढी शाखा रहेका छन् । 

एसबी सोल्युसनले हालसालै डिजी हब प्रालिसँग पनि आफ्नो संस्था गाभेको छ । डिजी हब गैर आवासीय नेपाली ग्रुपद्वारा पदोन्नति गरिएको संस्था हो । यसले  APIMS,1 Link, Credit-X जस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमको विकास गरिरहेको छ । डिजी Fintech र Lending डिजिटाइजेनको कामसँगैं क्रेडिट-एक्स, अनलाइन ऋण योग्यता, इन्स्टा ऋण, पेडे ऋण, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीमा क्रेडिट र ग्यारेन्टी स्वचालित गर्न, मेमो व्यवस्थापन प्रणाली, बजेट प्रबन्धन प्रणाली र मोबाइल एपजस्ता प्रडक्ट दिईरहेको छ । हाल थप ४० भन्दा बढी वित्तीय संस्थान र कर्पोरेट संस्थाले एसबी सोल्युसन तथा डीजी हबले निर्माण गरेको प्रणाली प्रयोग गरिरहेका छन् ।

सम्बन्धित खबरहरु