गृहपृष्ठ नबिल बैंकको एटीएम तोडफोड गर्दागर्दै भारतीय किशाेर पक्राउ
नबिल बैंकको एटीएम तोडफोड गर्दागर्दै भारतीय किशाेर पक्राउ
उदयपुरकाे त्रियुगा नगरपालिका- ११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक भारतीय किशाेर पक्राउ परेका छन् । त्रियुगा नगरपालिका- ३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो । तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय : १९:५७ बजे