Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

राष्ट्रिय खाद्य बैंकको असार मसान्तबाट सेयर बिक्री बन्द हुने

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

राष्ट्रिय खाद्य बैंकको असार मसान्तबाट सेयर बिक्री बन्द हुने

राष्ट्रिय खाद्य बैकले प्रमोर्टर सेयरमा मागभन्दा बढी प्रतिवद्धता आएपछि सेयर बिक्री सेवा असार मसान्तबाट बन्द गरिने निणर्य गरिएको जनाएको छ । २ अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पूजीँको निश्चितता भएकोले सो निर्णय गरेको हो ।

जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैकको प्रमोर्टर सेयर सदस्य बन्न सकिने बैकका अध्यक्ष शंकर उप्रेतीले बताए । बैकका अध्यक्ष उप्रेतीले भने, 'असार मसान्तसम्म इच्छुक हुनेहरु बैकसमक्ष आउन अनुरोध छ ।' सोपश्चात सेयर खरिद गर्न नपाउनेहरुले दुई वर्षपछि आइपीओ भर्न पाउने उनले जानकारी गराएका छन् । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके-बर्दिया र झापा-मोरङमा वृहत कृषि परियोजना सुरु गरिसकेको छ । स्थानिय कृषकहरुको सहभागितामा ती प्रोजेक्ट अघि बढाइएको अध्यक्ष उप्रेतीले बताए । पहिलो चरणमा ती स्थानमा स्थानिय जातका उन्नत धान रोप्ने काम भइरहेको उप्रेतीले बताए ।

झापा-मोरङमा करिब ५०० विघा रबाँके-बर्दिया-कास्की जिल्लामा झण्डै ४०० विघा जग्गा गरी झण्डै ९ सय विघा जग्गामा खाद्य बैंकले स्थानीयसहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लामा पनि जग्गा लिजमा लिने काम भइरहेको उप्रेतीको भनाइ । कोभिड-१९ को कारण बैंकको गतिविधिमा व्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतीले भने, 'कोरोनाको दोश्रो लहर नआएको भए हामीले करिब २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा ब्रेक गर्‍याैँ।' अध्यक्ष उप्रेतीका अनुसार यी परियोजना पाइलट प्रोजेक्टको रुपमा अघि बढाइनेछ ।

उनी भन्छन्, ‘हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थित खेती प्रणालीमा समाहीत गर्दै लैजान्छौ ।' राष्टिय खाद्य बैंकमा हालसम्म ५ सय ९० प्रमोटर सेयर सदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैक छिट्टै सर्वसाधारणका लागि आइपीओमा जाने तयारीमा छ । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएकोले बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।


 

सम्बन्धित खबरहरु