nmb bank

गृहपृष्ठ शिखर स्वास्थ्य बिमाले कोभिडको जोखिम कभर गरिदिएपछि सर्वसाधारणलाई राहत

शिखर स्वास्थ्य बिमाले कोभिडको जोखिम कभर गरिदिएपछि सर्वसाधारणलाई राहत

शिखर स्वास्थ्य बिमाले कोभिडको जोखिम कभर गरिदिएपछि सर्वसाधारणलाई राहत

कोभिड-१९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बिमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । गत साल वैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड-१९ का धेरै संक्रमितले हालसम्म राहत पनि पाइसकेका छन् ।

शिखरको यो स्वास्थ्य बिमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड-१९ बाट बिरामी भएका बिमितले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले व्यहोरिदिने भएकाले अहिलेको महामारीमा सर्वसाधरणलाई राहात मिलेको छ । शिखरमा स्वास्थ्य बिमा गर्दा कोभिडको जोखिम पनि कभरेज हुने यो स्किम बिमा उद्योगकै पृथक स्किम पनि हो । यो स्किम खरीद गर्ने बिमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवाअन्तर्गतको दाबीभुक्तानीसमेत पाइसकेको कम्पनीले जनाएको छ । 

सरकारले ल्याएको कोभिड बिमाको स्किम असारबाट सकिने घोषणा भइसकेको अवस्थामा त्योभन्दा उत्तम स्किमको खोजी गर्नेका लागि शिखरको स्वास्थ्य बिमा राम्रो विकल्प बन्नसक्छ । शिखरको स्वास्थ्य बिमाको स्किमले कोभिडको मात्र नभई १ हजारभन्दा बढी रोगको जोखिमलाईसमेत कभरेज गरिदिने गरेको छ । निर्जीवन बिमा कम्पनीमै सबैभन्दा पहिला नेपालमा स्वास्थ्य बिमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको छ । जटिल रोग लागे पनि सामान्य रकम प्रिमियम तिर्दा नै महंगो उपचार पाउन सम्भव हुने यो स्किम शिखरले ९ वर्षअघिदेखि सुरुवात गरेको थियो ।

२०६८ सालमा बिमा समितिबाट अनुमति पाएर सुरु भएको शिखरको स्वास्थ्य बिमा उद्योगकै सर्वाधिक तथा धेरै रोगलाई समेटिएको पहिलो स्वास्थ्य बिमा योजना पनि हो । यो स्किमअन्तर्गत जटिल रोग लागेर महंगो उपचार गराउन गाह्रो हुने तथा उपचार गर्न पैसा नभएर समस्यामा पर्ने अवस्थालाई समाधान गर्ने उद्देश्यले शिखर इन्स्योरेन्स कम्पनीले पारिवारिक, व्यक्तिगत र सामूहिक बिमासँग सम्बन्धित पोलिसी डिजाइन गरेको छ ।

यो स्किममा व्यक्तिगत बिमाअन्तर्गत न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्मको सुविधा पाइन्छ, भने ५० हजारदेखि २० लाखसम्म पारिवारिक बिमा र सामूहिक तथा संस्थागत बिमा गर्दा ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ । यस्तै संस्थागत सामूहिक बिमा गर्न कम्तीमा ५० जना कर्मचारी भएको संस्था तथा समूहलाई मान्यता दिइने गरिएको छ । तीनमहिने नाबालकदेखि ७० वर्षसम्मका सर्वसाधारणले शिखर स्वास्थ्य बिमामा आबद्धता जनाउन सक्नेछन् । नेपालमा स्वास्थ्य बिमा गर्ने प्रचलन त्यति धेरै प्रयोगमा नआएको अवस्थामा नै शिखर इन्स्योरेन्सले भने स्वास्थ्य बिमाको निकै आकर्षक स्किम ल्याएको थियो । शिखरले स्वास्थ्य बिमाको नेपालमा जागरण पैदा गरेको र यो क्रमशः देशबासीमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

२०६८ साल भदौ २६ गते पहिलो बिमालेख बिक्री गरेको शिखरले पहिलो वर्ष ३२ वटा बिमा पोलिसि बिक्री गरेबापत ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । स्किमप्रति बढ्दो आकर्षणकै कारण चालु आर्थिक वर्षको ९ महिनासम्ममा १ हजार बढी पोलिसी बिक्री गरी ५ करोड बढी प्रिमियम संकलन भएको कम्पनीले जनाएको छ । हाल शिखर इन्स्योरेन्सले १०३ शाखा र घुम्ती बिमा कार्यक्रममार्फत पनि बिमा पोलिसीको सेवा सर्वसाधारणको घरदैलोमै पुगेर प्रवाह गरिरहेको छ । कोभिड संक्रमण फैलिइरहेको अवस्थामा भौतिक रुपमा उपस्थित हुन नसकिने वा नचाहनेले डिजिटल माध्यमबाट पनि शिखरका बिमा पोलिसीहरु खरिद गर्न सकिने च्याटवटको सुविधा उपलब्ध छ ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु