Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

राउटे बस्तीमा प्रहरी परिचालन

न्युज कारोबार वीरेन्द्रनगर जेठ २४, २०७८       

राउटे बस्तीमा प्रहरी परिचालन फाइल तस्बिर ।

गत शनिबार राति मेहेलकुनाको एक होटलमा दुई राउटे युवतीलाई मदिरा सेवन गराई सोही क्षेत्रका युवाहरुले यौन दुव्र्यवहार गरेपछि सम्पूर्ण सरोकारवालाहरुको ध्यान राउटे बस्तीमा गएको छ । अहिले राउटे बस्ती प्रहरीको निगरानीमा रहेको छ । बाहिरका व्यक्तिहरु प्रवेश गरेर असुरक्षा बढाउने भन्दै बस्तीलाई प्रहरीको निगरानीमा राखिएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डी एसपी रामप्रसाद घर्तीका अनुसार बस्तीमा बाहिरका व्यक्ति गएर असुरक्षा बढेको कारण प्रहरीको निगरानी बढाइएको हो । उनले अस्थायी प्रहरी पोष्ट बोटेचौर र प्रहरी चौकी मेहेलकुनालाई निगरानी गर्न निर्देशन दिएको जानकारी दिए । राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाइ सरेका छन् ।

पछिल्लो समय राउटे बस्तीमा बाहिरका नागरिक आवातजावत गरेसँगै असुरक्षा बढेको हो । सामाजिक सञ्जालमा राउटेसँग खिचिएका फोटो र टिकटकमा भिडियो हाल्ने होडबाजी नै चलेको थियो । राउटे युवतीहरुलाई यौन दुव्र्यवहार झल्किने गरी बनाइएका भिडियोहरु समेत सामाजिक सञ्जाल टिकटकमा देख्न सकिन्छ । यस्तै राष्ट्रिय मानवअधिकार आयोगले समेत पीडित राउटे युवतीहरु आफ्नै समुदायबाट असुक्षित भएकाले सुरक्षाका माग गरेको थियो ।

सम्बन्धित खबरहरु