Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

'सरकारी कागजात किर्ते'मा दोषी व्यक्ति मन्त्री भएको विषयले प्रदेश सभा बैठक अवरुद्ध

न्युज कारोबार वीरेन्द्रनगर जेठ २४, २०७८       

'सरकारी कागजात किर्ते'मा दोषी व्यक्ति मन्त्री भएको विषयले प्रदेश सभा बैठक अवरुद्ध

कर्णाली प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । आजदेखि सुरु भएको बजेट अधिवेशन प्रमुख प्रतिपक्ष दले नेकपा एमालले विरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।

फ्रलोर क्रस गरेर मन्त्री बनेका दैलेखका अम्मरबहादुर थापा कागजात किर्ते मुद्दामा दाेषी ठहर भइ ६ महिना जेल बसिसकेको व्यक्ति भएकाले उनी सार्वजनिक पदमा बस्न नहुने अडान एमालेको छ । जिल्ला अदालतदेखि उच्च र सर्वोच्चले समेत फैसला गरी उनले सजाय भोगेकाले उनलाई तत्काल पदबाट मुक्त गर्नुपर्ने प्रतिपक्षको अडान छ । 

संसदको मर्यादा नभएको भन्दै नेकपा एमाले संसदीय दलको नेता यामलाल कँडेलले दलको तर्फबाट धारणा राख्दै मन्त्री थापालाई पदबाट मुक्त गर्न आग्रह गरेका हुन् । 'जतिसुकै मित्रता भए पनि तथ्यलाई नेकपा एमाले संसदीय दलले मुखदर्शक भएर हेर्दैन,' उनले भने, 'राजनितिक निर्णय लिन पाइन्छ । राजनीतिक अपराध गर्न पाइन्न । तीनै तहको अदालतले दाेषी ठहर गरेको व्यक्ति पनि मन्त्री पदमा रहन्छ र ? सभामुख ज्यु ?' सजाय पाएको व्यक्तिलाई सरकारमा सामेल गरेर सरकारले राजनीतिक अपराध गरेकाे नेता कँडेलले आराेप लगाए ।

सम्बन्धित खबरहरु