Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एनआइसी एशियाको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज : स्मार्ट वाच, आइफोन तथा ५० हजार नगद जित्ने मौका

न्युज कारोबार काठमाडौं जेठ २४, २०७८       

एनआइसी एशियाको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज : स्मार्ट वाच, आइफोन तथा ५० हजार नगद जित्ने मौका

एनआइसी एशिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ २ वटा अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने १ जनालाई आइफोन- १२ तथा १० जनालाई स्मार्ट वाच र यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युट्युबमा अपलोड गर्ने २ जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ ।

अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत खाता खोल्नुपर्ने बैंकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्न लिखित चरणहरू पार गर्नुपर्ने हुन्छ :

क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।

ख. एकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सबमिटसम्म देखिने गरी स्क्रिन सट लिने ।

ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखी आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिन सट पोष्ट गर्ने ।

घ. सहभागीले उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा ह्यास घरबाटै अनलाइन खाता तथा ह्यास एनआइसी एशिया बैंक उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने ।

ङ. यस बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्ट वाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने १ जना भाग्यमानीलाई आइफोन- १२ प्रदान गरिने योजना रहेको बैंकले जनाएको छ ।

भिडियो च्यालेन्जका लागि भने युटुबमा भिडियोहरू अपलोड गर्ने युट्युबरहरूले यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्ने बैंकले जनाएको छ । भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाइन खाता प्रक्रिय’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाको चुनौती’ बारेमा सहभागीले खुलेर प्रस्तुति दिनुपर्ने हुन्छ ।

सहभागीले आफूसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी बैंकको आधिकारिक युट्युब च्यानललाई ट्याग गरी ह्यास घरबाटै अनलाइन खाता तथा ह्यास एनआइसी एशिया बैंक उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरैपटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

सम्बन्धित खबरहरु