Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

चम्कियो नेप्से, आज अर्को नयाँ कीर्तिमान

न्युज कारोबार काठमाडौं जेठ २३, २०७८       

चम्कियो नेप्से, आज अर्को नयाँ कीर्तिमान

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले आज अर्को नयाँ कीर्तिमान कायम गरेको छ । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेको बेला नै नेप्से परिसूचक दुई हजार ९०० को अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार हुने साताको पहिलो दिन नेप्से ५०.१३ अंकले बढेर दुई हजार ९०६.८९ मा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८८ ले सुधार भई ५२०.९९ मा पुगेको छ । यो परिसूचक पनि हालसम्मकै उच्च हो । कुल २१७ कम्पनीको तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज सात उपसमूहको सेयर उकालो लाग्दा छ उपसमूहको सेयर भने ओरालो लागेको छ । बैंकिङ ६९.८५, विकास बैंक ९६.३१, वित्त २७.७२, अन्य ६६.९४, लघुवित्त ४.२८, सामुहिक लगानी कोष ०.२४ र लगानी ४.०३ अंकले उकालो लागेको छ । यस्तै, व्यापार ४३.२८, होटल तथा पर्यटन १८.९८, जलविद्युत ४६.८३, निर्जीवन बिमा ८३.३१, उत्पादन ६७.२८, जीवन बिमा १२५.४ अंकले ओरालो लागेको छ ।

आइतबारको कारोबार पछि बजार पूँजीकरण पनि मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनभन्दा धेरै माथि पुगेको छ । नेप्सेका अनुसार कुल ४० खर्ब ३३ अर्ब ७९ करोड ४४ लाख ५२ हजार १५७ बराबरको बजार पूँजीकरण पुगेको छ । कारोबारका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब २१ करोड १४ लाख ५६ हजार ९४६ बराबरको कारोबार भयो । यस्तै, नेपाल पूर्वाधार बैंक ८३ करोड ९० लाख ४४ हजार ६७, लुम्बिनी विकास बैंक ५४ करोड ७५ लाख ६४ हजार ३४७, कुमारी बैंक ४६ करोड ५७ लाख ४० हजार ५०९, मेगा बैंक ४४ करोड ७७ लाख २३ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, महिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुडविल फाइनान्स ९.८९, लुम्बिनी विकास बैंक ९.८८, रिडी हाइड्राेपावर ९.८७, नेपाल बंगललादेश बैंकका लगानीकर्ताले ९.०७ प्रतिशतले कमाए । उता राधी विद्युत् कम्पनी ८.५६, दिव्यश्वरी हाइड्रोपावर ६.९१, नारायणी डेभलपमेन्ट बैंक ५.९७, आँखु खोला जलविद्युत् कम्पनी ५.४९ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.१४ प्रतिशतले गुमाए ।

सम्बन्धित खबरहरु