Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कोका-कोलाद्वारा नेपालमा प्लास्टिक रिसाइक्लिङ गर्ने प्रतिबद्धता

न्युज कारोबार काठमाडौं जेठ २३, २०७८       

कोका-कोलाद्वारा नेपालमा प्लास्टिक रिसाइक्लिङ गर्ने प्रतिबद्धता

कोका–कोलाले विश्वकै एकमध्येको सबैभन्दा ठूलो हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा गरेको छ । कोका–कोलाले नेपालमा वर्ल्ड विथ आउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ ।

२७ हजार ६७१ किलोग्राम फोहोर, चारवटा शव र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरि, पुमोरी र अमादब्लमजस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको कोका–कोलाले जनाएको छ । उक्त फोहोर थप सेग्रिगेसन र रिसाइक्लिङको लागि काठमाडौंमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको छ । हिमाल सफा अभियानका निर्देशक एवं नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२१ मा २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालबाट निकालिएको बताए । यो अभियान कोभिड-१९ महामारी र दुईवटा साइक्लोन टाउक्टे र यासको बाबजुद सफल भएको उनले बताए ।

'यो हाम्रो इन्भाइरोमेन्टल्ली रेस्पन्सिबल पार्टनरको अटुट समर्थनका कारण सम्भव भएको हो । भविष्यको लागि हिमाल संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा हामी कोका-कोलाप्रति आभारी छौँ,' उनले भने । कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ मा स्थापना भएदेखि हिमालय सफाइ अभियानलाई सहयोग गर्दै आएको छ । वर्ल्ड विथ आउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको थियो । यो कार्यक्रम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिङको बराबरको संकलन र रिसाइकल गर्ने कोका-कोलाको विश्वव्यापी प्रतिबद्धता हो । नेपालमा कम्पनीले स्थानीय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र बोटलिङ पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका प्रतिनिधिहरु र स्थानीय समुदायहरुलाई डिजाइन-कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच गरेको छ ।

बीएनएलले दिगोपनका लागि गरेका प्रयासहरुको बारेमा बोल्दै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, 'फोहोर व्यवस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतीलाई आवश्यक पर्ने गति प्रदान गर्न र पीईटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ । हिमाल सफाइ अभियान र रणनीतिक स्थानहरुमा सूचनामूलक पीईटी संकलन बिनहरुको स्थापनाजस्ता विभिन्न कार्यक्रमहरुमार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइक्लिङसम्बन्धी जागरुकता सिर्जना गरेका छौँ ।' पीईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरुसँग हातेमालो गरेको छ । कम्पनीले संकलन र रिसाइक्लिङ प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको छ र यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको छ ।

नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, 'हाम्रो कार्यक्रम वर्ल्ड विथ आउट वेस्ट नेपालको एक प्रमुख कार्यक्रम हो, जहाँ हामी हाम्रो प्याकेजिङ डिजाइनलाई पुनर्विचार गर्दछौँ र हाम्रो प्रयोग गरिएको प्याकेजिङ संकलन गर्ने तरिकालाई नवीन बनाउदछौँ अनि प्याकेजिङ रिसाइकल्ड भएको सुनिश्चित गर्न सँगै काम गर्दछौँ । हामीले प्लास्टिक सर्कुलर अर्थ व्यवस्थालाई लागु गर्न र रिसाइक्लिङलाई नेपालमा बढावा दिन उद्योगका साथी, पर्यावरणविद्हरु, सरकार र नागरिक समाज संगठनहरुसँग साझेदारी गरेका छौँ ।' कोका–कोलाको साभेदारीले समुदायको नेतृत्वमा इन्टिग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइक्लिङलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम गरिरहेका छन् । कम्पनीले क्रियसन, डब्ल्यूडब्ल्यूएफ नेपाल, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), नेपाल युवा परिषद् र अन्य जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग साझेदारी गर्योा, जसले फोहोर व्यवस्थापनको प्रयासलाई बढावा दिन र प्लास्टिक सर्कुलर अर्थतन्त्रको सृष्टिमा नयाँ ध्यानकेन्द्रित गर्न मद्दत गरेको जनाइएको छ ।

यसबाहेक, रिसाइक्लिङ प्रक्रियामार्फत पीईटी बोतलहरुलाई नयाँ जीवन दिन, समुदायलाई जागरुकता सिर्जना गर्न र शिक्षित गर्नको लागि कोका–कोलाले डोको रिसाइक्लर्स (सामाजिक इन्टरप्राइस जसले सुक्खा फोहोर व्यवस्थापन र रिसाइकल गर्दछ) को साथ टिम अप गर्यो् र ‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान सुरु गर्यो  र काठमाडौं उपत्यकाका विभिन्न प्रख्यात सार्वजनिक स्थलहरुमा १० वटा जानकारीमूलक पीईटी संकलन बिनहरु राख्यो । कोका–कोलाले पीईटी रिसाइक्लिङको गहन प्रमाण–आधारित प्रतिवेदन पेस गर्न ब्लु वेस्टसँग हातेमालो गरेको छ र यसले नेपालमा वरिपरिको परिपत्रको वृस्तित मूल्य निर्धारण गर्दछ । यसले भविष्यमा नेपालमा फोहोर व्यवस्थापनमा हस्तक्षेपको लागि सहयोग पुर्याेउनेछ । वर्ल्ड विथ आउट वेस्ट कम्पनीको अनगोइङ सस्टेनेबिलिटी प्रयासहरुको अर्को चरण हो, जसले आफ्नो फाइनलमा प्रयोग गरेको पेयपदार्थहरुमा अनुमानित १०० प्रतिशत पानी रिप्लेनिस गरेर सफलता हासिल गरेको छ ।

यी प्रयासहरु सही तरिकाले बढ्ने कुल पेय कम्पनी भई अन्तस्करणको साथ बढ्नको लागि कम्पनीको ठूलो रणनीतिको हिस्सा रहेको जनाएको छ ।


 

सम्बन्धित खबरहरु