nmb bank

गृहपृष्ठ छौरे सोदेम्बाहरुको उत्पत्ति र थेत्थरे थेयङना

छौरे सोदेम्बाहरुको उत्पत्ति र थेत्थरे थेयङना

छौरे सोदेम्बाहरुको उत्पत्ति र थेत्थरे थेयङना

किरात इतिहासकार स्व. इमानसिंह चेम्जोङका अनुसार आठौं शताब्दितिर आठ राय (सावा येत्हाङ) र दस लिम्बू (थिबोङ याक्थुङ)हरु बीच भएको ऐतिहासिक युद्धमा छौरे सोदेम्बाहरुका पूर्खा ताप्पेसो पेरुहाङ पनि सहभागी थिए । कैयन् दिनको घनघोर लडाईंका कारण आठ रायहरुको पराजय भयो । फलस्वरुप ताप्पेसो पेरुहाङले तेह्रथर (तेह्रथुम)को राज्य पाए । उनले थलायक (थाल डाँडा)मा गढी बनाई राज्य गर्न सुरु गरेका थिए । ताप्पेसो पेरुहाङको राज्यमा कोङवा, फेयक, योहिम्बाङ, तेयुङ र आङबुङ आदि लिम्बूहरु पनि बसोबास गर्दथे । इडेन भ्यान्सिटार्टका अनुसार उपर्युक्त लिम्बूहरु छौरेहरुका प्रजा नभएर छौरेहरुकै वंशज थिए । (भ्यान्सिटार्ट १९९२ : १६३) स्थानीय जनश्रुतिअनुसार तेयुङ (तेम्युङ) वंश छौरेहरुको भैयाद वंश हो तर हिजोआज तेयुङ, योहिम्बाङ र आङबुङ सातरे वंशजमा सामेल भएका छन् । त्यस्तै कङवा (खँवा) खादी वंश समूहमा र फेयक वंश चाहिँ नेम्वाङ वंश समूहमा समाहित भएको प्रतीत हुन्छ ।

कतिपय लिम्बू वंशावली र लिम्बू इतिहासका अध्येताहरुले आठ राय (सावा येत्हाङ) र दस लिम्बू (थिबोङ याक्थुङ)हरु बीच भएको ऐतिहासिक युद्ध आठौं शताब्दितिर नभई बाह्रौं शताब्दितिर भएको संकेत गर्दछन् । झण्डै ६ दर्जनभन्दा बढी लिम्बू वंशावलीहरुको पुस्तावधि अध्ययनबाट ‘हाङ पद्धति’ समाप्त भई ‘याक्थुङ सभ्यता’ सुरु भएको समय १२औं शताब्दिभन्दा उता गएको देखिदैंन । लगभग १८औं शताब्दिताका भने याक्थुङ समुदायलाई याक्थुङभन्दा पनि लिम्बू शब्दावलीले बढी परिचित गरायो । यसको प्रभावबाट लिम्बू जातिमा मात्र नभई अन्य जातजातिहरुले पनि यही पहिचानजन्य नामबाट चिन्छन् ।

छौरेहरुको उत्पत्ति :

थलायकका राजा ताप्पेसो पेरुहाङको कैयन् पुस्तापछि करिब १६औं शताब्दीको अन्त्यतिर आवपाहाङ नामका आपुङगी राजा भए । उनका ६ जना छोरा थिए, यसैले उनीहरुलाई ‘छौरे’ भन्ने गरिन्थ्यो । ती ६ भाइका नाम यस प्रकार थिए- धनरङ, महारङ, आमरङ, भैरङ, जैरङ र रुपरङ (पुराना एकपुस्ते वंशावली तथा लिखतहरुमा क्रमशः धनरं, महारं, आमरं, भैरं, जैरं र रुपरं नाम लेखिएका छन्) । यी छौरे (सोदेम्बा) वंशको पहिलो ‘पाङयक’ (घर) थलायकको नजिकै पेलेङ थेगु सुसुवादेन भन्ने ठाउँमा थियो । सो ठाउँमा छौरेहरुको थामरुङ पेलेङ भिरमा ठूलो ओडार अझसम्म पनि छँदैछ । वास्तवमा पेलेङ शब्द खसकरण भई पिप्ले नामाकरण भएको हो । उक्त पेलेङ डाँडा वरिपरि गौचरण खर्क भएकाले सो स्थानको नाम डाँडाखर्क पनि भन्ने गरिन्छ ।

केही बर्षअघि सो भिरको ओडारमा कतैबाट आएका एक जना साधु बस्दथे । ती साधुको सल्लाहबाट स्थानीय गड्तौला, निरौला, दाहाल र खत्रीहरुले त्यही डाँडामा पुराण लगाएकाले पुराणडाँडासमेत भन्ने गरिन्छ । पछिल्लो कालखण्डमा यिनीहरु तिल्लिङहरुसँगको युद्ध र सातरेहरुसँगको सीमा विवादका कारण बिस्तारै साब्ला, पाटीगाउँ, अम्फुवा आदि ठाउँमा बसाईंसराई गरेका हुन् ।

ती छौरेहरुको ‘थेत्थरे थेयङ्ना’ नाम गरेकी एकजना चेली थिइन् । उनको मैवाखोलाको ढुंगेसाँगु (हात्तीखावा) गाँउमा विवाह भएको थियो । विवाह भएको केही बर्षपछि तेत्थरे थेयङ्ना फेदापको सुसुवादेन माइती गाउँमा आएकी थिइन् । थेत्थरे थेयङ्नासँगै उनका लोग्ने (कसै कसैले पतङवा भन्दछन्) पनि ससुरालीमा आएका थिए । उनीहरुको जोडी खुबै मिलेको थियो । उनीहरु मेलापात, दाउरा पानी, घरको सुसेधन्दा पनि सँगसँगै गर्दथे । उनीहरु एकैछिन पनि छुट्टिदैनथे ।

एक दिन बहिनी थेत्थरे थेयङ्ना र ज्वाईं सुसुवादेनबाट घुम्दै लुङनामफुङ (पाटीगाउँ/साब्ला)मा आइपुगे । त्यसबेला साब्ला गाउँमा उखु खेती हुन्थ्यो । उनीहरु आफ्ना माइतीहरुको सोतबारी (उखुबारी)मा पसेर मस्तसँग उखु खाइरहेका थिए । छौरेहरुका ६ भाइहरु मध्येमा अन्तरे जैरङ (अङलिङ) सानै उमेरदेखि सिकारी स्वाभावका थिए । जैरङ दिनहुँ सिकार खेल्न जंगल, खर्क र खोलातिर मात्र डुल्ने, घुम्ने गर्दथे । दैव संयोग उत्ति नै बेला सिकारी अन्तरे जैरङ (अङलिङ) पनि सिकार खोज्दै उखुबारी छेउछाउ घुम्दै थिए । उनले उखुबारीमा खस्य्राकखुस्रुक गरेको सुनेर मृग पो रहेछ भन्ने सोची अन्दाजीले काँडले हानेछन् । उनकोे बिषालु काँड मृगलाई नभई उखु खाइरहेका बहिनी ज्वाईंलार्ई लाग्यो । काँड लाग्नसाथ ज्वाईं जोड-जोडले चिच्याउन थाले । यता भैरङ ‘लु सिकार मरेछ’ भनी दौडेर जाँदा त आफ्नै बहिनी ज्वाईं विषालु काँड लागेर छटपटाइरहेको देखे । उता घाईते ज्वाईंलाई समातेर थेत्थरे थेयङ्ना विलाप गर्दै रोइरहेकी थिइन् । यस्तो भयनाक दृष्य देखेपछि ‘ल काम बिग्रिएछ’ भनी जैरङले त्यहाँबाट कुलेलम ठोके ।

केही बर्षअघि सो भिरको ओडारमा कतैबाट आएका एक जना साधु बस्दथे । ती साधुको सल्लाहबाट स्थानीय गड्तौला, निरौला, दाहाल र खत्रीहरुले त्यही डाँडामा पुराण लगाएकाले पुराणडाँडासमेत भन्ने गरिन्छ । पछिल्लो कालखण्डमा यिनीहरु तिल्लिङहरुसँगको युद्ध र सातरेहरुसँगको सीमा विवादका कारण बिस्तारै साब्ला, पाटीगाउँ, अम्फुवा आदि ठाउँमा बसाईंसराई गरेका हुन् ।

सिकारी जैरङको विषालु बाण लागेकाले केही बेरमा नै ज्वाईंको मृत्यु भयो । लोग्नेको अप्रत्यासित मृत्यु भएपछि थेत्थरे थेयङ्ना आलाप विलाप गर्दै रुन थालिन् । बहिनी ज्वाईंको भाइ जैरङको काँड लागेर मृत्यु भएको सुनेर सबै छौरे दाजुभाइहरु तुरुन्तै भेला भए । लुङनामफुङको उखुबारीमा छौरेहरुको बहिनी ज्वाईंको लाश लडिरहेको थियो । बहिनी थेत्थरे थेयङ्ना लोग्नेको लाश समातेर धुरुधुरु रोइरहेकी थिइन् । उनीहरुकी चेली थेत्थरे थेयङ्नाले सबै कुरा आफ्ना दाजुभाइहरुलाई सुनाइन् । अन्तरे भाइ जैरङको हातबाट आफ्ना बहिनी ज्वाईंको हत्या भएको थाहा भएपछि उनीहरु अक्क न बक्क भए । उनीहरुले बहिनी थेत्थरे थेयङ्नालाई सम्झाई बुझाई गरे र जसोतसो ज्वाईंको लाशलाई सदगत गरे ।

केही दिनपछि अन्तरे भाइ जैरङका विषयमा छौरे दाजुभाइहरु भेला भई चुम्लुङ गरे । बहिनी ज्वाईंलाई मृग सम्झी काँडले हानेर मारेकाले उसलाई कस्तो दण्ड दिने ? भनेर पाङचुम्लुङ बस्यो । सो पाङचुम्लुङले भैरङकै गल्ती ठहर्‍यायो । भैरङले आफ्नै बहिनी ज्वाईं मारेर अक्षम्य गल्ती गरेकाले उसलाई पनि प्राणदण्ड नै दिनुपर्ने ठहर गर्‍यो । यसका लागि ज्वाईंको अन्त्येष्टि पछिको सुध्याईंकै दिन जैरङलाई बोलाएर बिष लगाएको तोङबा र मासु खुवाई मार्ने योजना बन्यो । सो योजना उनीहरुकी चेली थेत्थरे थेयङ्नाले पनि सुनिरहेकी थिइन् । सबैको सल्लाहअनुसार छरछिमेकी, कुलकुटुम्बहरुलाई ज्वाईंको सुध्याईंको निम्तो गरियो । त्यस ज्वाईंको सुध्याईंमा अन्तरे भाइ जैरङलाई बोलाइयो । सो भोजमा भेला भएका सबै दाजुभाइहरुलाई तोङबा र मासु बाँडियो । छौरेहरुकी चेली थेत्थरे थेयङ्ना रुपले जति राम्री थिइन्, उनको हृदय पनि उत्ति नै सफा र कमलो थियो । आफ्ना माइतीहरुले आफ्नै अन्तरे भाइलाई मार्न आँटेको देखेर उनको मन पग्लियो । आफ्नै लोग्ने मारे पनि भाइ जैरङप्रति उनको अगाध माया जाग्यो । वास्तवमा तेत्थरे थेयङ्नाको लोग्नेलाई जैरङले जानी-जानी मारेका थिएनन्, अन्जानमा उसको मृत्यु भएको थियो । यसर्थ थेत्थरे थेयङ्नाले जैरङको ज्यान बचाउने निर्णय गरिन् । भोजको बेला चेली तेत्थरे थेयङ्नाले उनको नानीलाई काखमा सुताउने निहुँ गरेर जैरङले मात्र सुन्ने गरी बिस्तारै यस्तो लोरी भनिन्-

‘हाप्मा मेन्लो हाप्मारो,
चामानु तगाङ ख्याबेन चाप्मारो,
सु सु नानी तेम्मारो,
निङ नु चा सा सेम्मारो’

आफ्नी चेली थेत्थरे थेयङ्नाको रहस्यमय लोरी सुनेपछि जैरङ चंख भएर बसे । उनले आफूलाई खान दिएको मासु आफूले खानुभन्दा पहिले सिकारी कुकुरलाई खान दिए । उसको सिकारी कुुकुर मासु खानेबित्तिकै मर्‍यो । कुकुर मरेको देखेर जैरङले आफ्नाे ‘फे’ (खुर्पा) निकालेर दाजुभाइसँग लड्न सुरु गरे । पाँचजना दाजुभाइहरुसँग जैरङ एक्लैले लडाईं गरेर सबैलाई परास्त गर्न सकेनन् । जैरङ लडाईंमा पराजित भएपछि आफ्ना दाजुभाइहरुबाट बच्न छेले डाँडो उकालो हुँदै सुम्हात्लुङ (तीनजुरे डाडाँ) उत्तर दसमझिया क्षेत्रको उम्लिङ भन्ने गाउँमा गएर बसोबास गर्न थाले । उम्लिङ गाउँमा बसेकाले अरु दाजुभाइहरुले उसलाई अङलिङ भन्न थाले ।

ताप्पेसो पेरुहाङको थलायक गढी । (तस्बिर : डा. कमल तिगेला)

उनका दाजुभाइहरु पनि छुट्टिने क्रममा क्रममा जेठा धनरङ पेलेङ थेगुतर्फ लागेकाले थेगुवा, माइला महारङ सिङजाङ्गु घारी फाँडेर बसेकाले सिङजाङगु, साईंला आमरङ ठूलो जिउ ढल्काउँदै हिड्ने भएकाले थक्लेङ, काईंला भैरङ दसमझिया क्षेत्रको फुदोङ गाउँमा बसाईं गएकाले फुदोङ र कान्छा भाइ रुपरङ सुक्वा (जावी) बोक्दै सुसुवादेनतर्फ लागेकाले सुक्वाबा कहलिए । यसरी आवपाहाङका ६ भाइ छोरा भिन्न-भिन्न स्थानमा बसोबास गरी थेगुवा, सिङजाङगु, थक्लेङ, फुदोङ, अङलिङ र सुक्वाबा मिङस्रा लिई भिन्न-भिन्न वंशका रुपमा विकसित भए । कालान्तरमा आवपाहाङका ६ भाइ छोरा नै छौरे सोदेम्बा भनेर चिनिए । (स्रोत : सुब्बा स्व. वागवीर सुक्वाबा वि.सं. १९५६-२०४२)

अर्काे एक कथनअनुसार- छौरे दाजुभाइहरुको युद्ध समाप्त भएपछि छौरे दाजुभाइहरुले ‘अब हामी पनि सँगै बस्न हुँदैन, अब सबैजना अलग-अलग भई छुट्टिएर बस्नुपर्छ’ भन्ने सरसल्लाह गरे । उनीहरुले रुखको टोड्काको पानी, दूबो ढुंगो समाएर अब उप्रान्त बेग्लाबेग्लै वंश भएर बस्ने फैसला गरे । सो फैसलाको साक्षीका लागि ठूल्ठूला अग्ला ढुङगाहरु ‘मासेलुङ पासेलुङ’ गाडेर सत्य बाचा गरी बेग्लाबेग्लै गाउँतिर बसाईं सरे । उनीहरु छुट्टिएर जाँदा गाडेका ढुंगाहरु मध्ये अहिले पनि सो स्थानमा दुईवटा ढुंगा गाडेको अवस्थामा देख्न पाइन्छ । यसरी एकै बाबुका सन्तानहरुलाई विस्तारै अन्य वंशका लिम्बूहरुले थेगुवा, सिङजाङगु, थक्लेङ, फुदोङ, अङलिङ र सुक्वाबा वंशका रुपमा चिन्न थाले । (स्रोत : मुन्धुमसाम्बा स्व. रन्धोज सुक्वाबा (१९९३-२०७७) ।

बहिनी ज्वाईंलाई मृग सम्झी काँडले हानेर मारेकाले उसलाई कस्तो दण्ड दिने ? भनेर पाङचुम्लुङ बस्यो । सो पाङचुम्लुङले भैरङकै गल्ती ठहर्‍यायो । भैरङले आफ्नै बहिनी ज्वाईं मारेर अक्षम्य गल्ती गरेकाले उसलाई पनि प्राणदण्ड नै दिनुपर्ने ठहर गर्‍यो । यसका लागि ज्वाईंको अन्त्येष्टि पछिको सुध्याईंकै दिन जैरङलाई बोलाएर बिष लगाएको तोङबा र मासु खुवाई मार्ने योजना बन्यो । सो योजना उनीहरुकी चेली थेत्थरे थेयङ्नाले पनि सुनिरहेकी थिइन् ।

आवपाहाङका छोराहरु अलग-अलग भई बसोबास गर्न थालेको स्थान र मिङस्राहरु यस प्रकार छन्-

१) जेठा धनरङ (थेगुवा सोदेम्बा) : जेठा धनरङ पुरानो फेचवा यक (जेठो गढ) पेलेङ यक थेगु (पिलीङ गढी) साबिक अम्फुवा गा.वि.स. वडा नं. १ को पेलेङ डाँडामा बसोबास गर्न थाले । उनलाई पेलेङ यक थेगुमा बसेको हुनाले कालान्तरमा गएर थेगुवा भन्न थाले । हाल यसै उपनामको आधारमा जेठा दाजुको वंश थेगुवा मिङस्रा लिई अम्फुवा गाउँमा बसोबास गरिरहेका छन् । 

२) माहिला महारङ (सिङजाङगो सोदेम्बा) : माइला भाइ महारङ (मारङ) अम्फुवाको सिङजाङगो घारी फाँडेर बसोबास गर्न थालेकाले उसलाइ सिङजाङगो भन्न थालियो । विस्तारै उनको वंशलाई सिङजाङगो थरको रुपमा चिनिन थाल्यो । हाल सिङजाङगोहरु पनि अम्फुवा गाउँमा नै बसोबास गरिरहेका छन् ।

३) साहिंला आमरङ (थक्लेङ सोदेम्बा) : साहिंला भाइ आमरङ पिंगुवा खोला तरेर सोल्मा टिम्बुरे उत्तर पुयुङदेनको जंगल ढालफाँड गरी बसोबास गर्न थाले । उनका सन्तानहरुलाई थक्लेङ भन्न थालियो ।

४) काहिंला भैरङ (फोदोङ सोदेम्बा) : काहिंला भैरङ आफ्नो अन्तरे भाइ जैरङलाई खोज्दै जाँदा उम्लिङ पारी दस मझिया क्षेत्रको फुदोङ खोला वरिपरिको जंगललाई ढालफाँड गरी बस्न थाले । उनी फुदोङ गाउँमा बसेको हुनाले उनको नाम फुदोङ हुँदै उनको थर(मिङस्रा) नै फुदोङ हुन गयो । धेरै पुस्तापछि उनिहरु लुङनामफुङ नै फर्केर आए । हाल फुदोङहरु साब्ला गाउँमा बसोबास गरिरहेका छन् ।

५) अन्तरे जैरङ (अङलिङङ सोदेम्बा) : अन्तरे जैरङ सबै दाजुभाइसँग सम्बन्ध बिग्रेकाले विरक्त भई छेले, हरिसे हुँदै तीनजुरे (सुम्हात्लुङ) डाडाँ नाघेर दसमझिया क्षेत्रको उम्लिङ गाउँमा गई बसेका हुनाले उनको वंशलाई अङलिङ भनियो । अन्तरे जैरङका सन्तानहरु उम्लिङबाट फर्केर हाल आङबुङ गाउँमा बसोबास गरिरहेका छन् ।

६) कान्छा रुपरङ (सुक्वाबा सोदेम्बा) : कान्छा रुपरङ दाजुभाइहरुमा सबैभन्दा कान्छो भाइ भएको हुनाले आफ्नाे विधवा चेलीलाई साथमा लिएर उनीहरुकोे मूल स्थानमा बस्न थाल्यो । कान्छाको अवस्थल थलायकदेखि आसपासका जग्गा तमोर उत्तर, खोरङवा पश्चिम, सुसुवा दोभान पिंगुवा पूर्व, किताने दक्षिणमा पर्ने पिंगुवा र आकासे खोलाको दोभान वारिपट्टि सुसुवादेन भन्ने आफ्नो पुर्खाको जग्गाहरु ढालफाँड गरी बसोबास गरेकाले उनलाई सुक्वाबा भन्न थालियो । 

धेरै बर्षपछि थलायक वरिपरि छौरेहरुको भन्दा अन्य वंशको आवादी धेरै हुन थाल्यो । पोक्लाबाङबाट पङयाङगु, निङलेकुहरु थलायक वरिपरि र सम्फरजोङतिर तुम्बाहाङफेहरु बसाईं सरेर आउन थाले । उनीहरुको जनसंख्या बढ्दै गएपछि थलायकमा बसेका छौरेहरुका भान्जा खलक पनि तुम्बाहाङफे र पयाङगुतर्फ मिलिमतो गर्न थाले । छौरे र सात्रेहरु बीच किपट जग्गा आदिको विषयमा विवाद बढेर लडाईंसमेत हुन थाल्यो । फलस्वरुप छौरे (सुक्वाबा)हरु लुङनामफुङ (पाटीगाउँ)तिर बसाईं सर्न बाध्य भए । छौरे र सात्रेहरु बीच किपट जग्गाको विषयमा भएको झगडाको क्रम गोर्खालीहरुले लिम्बूवान हात पारेपछि पनि जोरसोरसँग मुद्दा चलेको पाइन्छ ।

सुसुवादेनमा तिल्लिङहरुको घुसपैठ र युद्ध :

छौरे सोदेम्बाहरुको कान्छा भाइ रुपरङ (सुक्वाबा सोदेम्बा)को बसोबास हालको म्याङलुङ बजारदेखि तल सुसुवादेनमा थियो । सुसुवादेनका जग्गा जमिन मलिलो र फाँटिलो हुनाले प्रशस्त अन्नबाली फल्थ्यो । जंगल र पाखा प्रशस्त भएकाले छौरेहरुले पशुपालन पनि गरेका थिए । उ बेलाको समयमा हात्तीखर्कतिरबाट उत्तरी छथर आएका खाङबोङवाहरु हबेरु, मुबेरु र हाङबेरुहरुको निकै चकचक्ती थियो । सुसुवादेनको सम्पन्नता देखेर ताङप्पाका मुबेरु तिल्लिङजङ, माङभुक र केभुकहरु अन्नबाली, पशुपक्षी आदि लुट्न घरिघरि सुसुवादेन आउने गर्दथे । यसै कारण छौरे र तिल्लिङहरुका बिचमा बारम्बार लडाईं र झगडा भई नै रहन्थ्यो ।

पोक्लाबाङबाट पङयाङगु, निङलेकुहरु थलायक वरिपरि र सम्फरजोङतिर तुम्बाहाङफेहरु बसाईं सरेर आउन थाले । उनीहरुको जनसंख्या बढ्दै गएपछि थलायकमा बसेका छौरेहरुका भान्जा खलक पनि तुम्बाहाङफे र पयाङगुतर्फ मिलिमतो गर्न थाले । छौरे र सात्रेहरु बीच किपट जग्गा आदिको विषयमा विवाद बढेर लडाईंसमेत हुन थाल्यो । फलस्वरुप छौरे (सुक्वाबा)हरु लुङनामफुङ (पाटीगाउँ)तिर बसाईं सर्न बाध्य भए ।

छौरेहरुकी विधवा चेली थेत्थरे थेयङ्ना आफ्नाे लोग्ने मारिएपछि माइतीघर सुसुवादेनमा नै बसिरहेकी थिइन् । छौरेहरुकी चेली थेत्थरे थेयङ्ना निकै राम्री थिइन् । उनको रुपरंगको बयान सुनेर ताङप्पाका मुबेरु तिल्लिङजङ थेत्थरे थेयङनालाई भेट्न लुक्दै तिल्लिङ फुक्कु (ओडार)सम्म बारम्बार आउने गर्दथ्यो । सो कुरा थेत्थरे थेयङनाको माइती रुपरङले थाहा पाए । उनले आफ्ना दाजुभाइहरुलाई थेत्थरे थेयङना र मुबेरु तिल्लिङजङको अवैध सम्बन्धका बारेमा जानकारी गराए । छौरेका ५ जना दाजुभाइ भेला भएर मुबेरु तिल्लिङजङलाई समातेर दण्ड दिने सल्लाह भयो । थेत्थरे थेयङ्नाले आफ्ना माइतीहरुको गोप्य सल्लाह थाहा पाइन् । उनले सो कुरा थाङबेन मुबेरु तिल्लिङजङलाई सुनाई दिइन् । उता मुबेरु तिल्लिङजङले पनि उसका दाजुभाइ माङभुक, केभुकहरु लिएर लडाईं गर्न आए । छौरे र तिल्लिङहरुको येप्पिचाटार (आहालेटार)मा घमासन लडाईं भयो । तिल्लिङहरु पछि हट्दै सोल्मा पुछार (तिल्लिङटार) पुगे । यहाँ पनि घमसान लडाईं भयो ।

उनीहरुको लडाईं बढ्दै गएपछि छौरेहरुले पोक्लाबाङको सातरे राजासँग सहयोग मागे । पोक्लाबुङका सातरे राजाले छौरेहरुलाई सहयोग गर्न आफ्नाे एक भाइको नेतृत्वमा कुरुम्बाङहरुलाई पठाई दिए । कुरुम्बाङहरुको रणकौशल र बहादुरीले तिल्लिङ र उसका सहयोगीहरु माङभुङ, केभुकहरु सबै हारेर भागे । सोल्मा तिल्लिङटारसमेत छौरेहरुले कब्जा गर्दै अगाडि बढे । अन्तमा छौरे र कुरुम्बाङहरुले तिल्लिङहरुलाई छथरतर्फ खेदाए । उनीहरुलाई खेद्दै जाँदा नुभोखोला तरेर ताँगाप्पा उकालो जाँदै गरेको देखेपछि छौरेहरु त्यहीं रोकिए । छौरेहरुले युद्धमा विजय गरिसकेपछि अम्फुवा पुछार नुभुखोला किनारमा करिब ११ फुट उँचाई भएको शिलास्तम्भ गाडेर सिमाना कायम गरे । उनीहरुले पराजित भएका मुबेरु, हबेरु र हाङबेरुहरु फेरि फर्केर दुःख दिन आउने हुन् कि भनेर सुङनामको चुच्चे ढुङगामा आफ्नाे सहयोगको लागि पोक्लाबुङबाट आएको कुरुम्बाङहरुको फौजलाई त्यही बस्न लगाई छौरेहरु घर फर्के । उक्त युद्धमा आएका कुरुम्बाङ लडाकुहरु छौरेहरुको यसै किपट क्षेत्रमा हालसम्म पनि बसोबास गरिरहेका छन् । तुम्बाहाङफेहरु भने ढिला आएकाले म्याङलुङमुनि सम्फरजोङतिर नै बसोबास गर्न थाले । (स्रोत : मुन्धुमसाम्बा स्व.रन्धोज सुक्वाबा (१९९३-२०७७) ।

यस लडाईंमा तिल्लिङका फौजहरु भागे पनि तिल्लिङ सरदार भने फेदापमा नै लुकेको ठहर भई उसलाई मार्न धुईंधुईंती खोज्न थालियो । छौरेहरुले आफ्नी चेली थेत्थरे थेयङनालाई मुबेरु तिल्लिङजङका बारेमा सोधखोज गर्न थाले तर उनले मुख खोलिनन् । थेत्थरे थेयङना ढिंडो मस्काउनमा व्यस्त थिइन् । माइतीहरुले अत्याधिक सोधपुछ गर्न थालेपछि आजित भएर उनले भनिन्- ‘म उसको विषयमा केही पनि भन्दिनँ, तर यो मेरो माङदक खप्मात् (दाबिलो)ले जता देखाउँछ त्यतै छ भनेर सम्झनू ।’ यति भनेर उनले आफ्नाे ढिंडो मस्काउने दाबिलो फनन घुमाइन् र छाडी दिइन् । थेत्थरे थेयङनाले झटारो हानेको दाबिलो तिल्लिङ फुक्कुतर्फ हानिएको देखेर छौरेहरु मुबेरु तिल्लिङजङगलाई खोज्दै सो भिरकोे ओडारमा पुगे । नभन्दै मुबेरु तिल्लिङजङ त्यहीं लुकेका रहेछन् । उसलाई चारैतिरबाट घेराउ गरी समात्न खोज्दा ओडारभित्र लुकेर बसे । छौरेहरुले मुबेरु तिल्लिङजङलाई समात्न धेरै दिनसम्म घेरा हालेर बसे तर उ बाहिर निस्केन । छौरेहरुले ओडारको मुखमा दाउरा, स्याउला र झारपात थुपारेर आगो लगाइदिए । यति गर्दा पनि मुबेरु तिल्लिङजङ बाहिर ननिस्केकाले सो ओडारको मुखलाई बाहिरबाट ठुल्ठुला ढुङगाले छोपी दिए । यसरी ओडारभित्र थुनिएका तिल्लिङहरु सास थुनेर र खान नपाएर मरे । उक्त तिल्लिङ ओडारभित्र थुनिएर मरेका तिल्लिङहरुका नरकंकाल र विभिन्न अवशेषहरु अझै पनि छँदैछन् भन्ने कुरा त्यहाँका स्थानीय बुढापाकाहरुको भनाइ रहेको छ ।

छौरे र तिल्लिङहरुको लडाईं अन्त्य भएपछि केही महिनापछि छौरेहरुले आफ्नी चेली थेत्थरे थेयङनालाई ‘अब ज्वाईं नभए पनि तिम्रो सन्तान भएकोले ज्वाईंको गाउँमा नै गएर बस्नु पर्छ’ भनी फकाइफुलाई गर्दा पनि जान इन्कार गरिन् । थेत्थरे थेयङनाले ज्वाईंको मृत्यु भएपछि आफूले सारै दुःख पाएको भनेर माइतीहरुसँग रुन कराउन थालिन् । आफ्नी चेलीको दर्दनाक व्यथालाई बुझेर उनीहरुले प्रशस्त सुन चाँदी, नगद तथा हाँडाभाँडासमेत दिए । थेत्थरे थेयङनाले आफ्नाे बुवासँग भएको सुनको थाल दिए मात्र आफ्नो घर जाने सर्त राखिन् । उनको त्यो माग पनि माइतीहरुले पूरा गरिदिए । अन्तमा थेत्थरे थेयङना थुप्रै डोले, भरिया र घर्तीहरु लिएर माइतीबाट बिदा भइन् । धेरै बर्षपछि थेत्थरे थेयङनाकी छोरी पूनाङको मेवाखोलाको सिरेङ तुम्बाहाङफेसँग विवाह भएको थियो । मेवाखोला ज्यादै विकट भएको हुनाले त्यहाँ बस्न सारै दुःख भएपछि बस्न नसकी मावलीमा नै बस्ने निधो गरी थोक्ला लिएर आइन् । उनकी आमा थेत्थरे थेयङनालाई माईतीहरुले दिएको सुनको थाल पनि पूनाङले साथमा लिएर आएकी थिइन् । मावलीहरुले थलायक दक्षिण पश्चिमको झोडाजंगल ढाँलफाँड गरी खाई बस्नु भनी थोक्लास्वरुप दिए । यसरी थेत्थरे थेयङनाकी छोरी पूनाङले थोक्लामा पाएको डाँडालाई ‘थोक्ला थेगु’ भन्दै जाँदा कालान्तरमा यस डाँडाको नाम अपभ्रंश भई ‘थाल डाँडा’ भएको हो । (स्रोत : सुब्बा स्व. वागवीर सुक्वाबा वि.सं. १९५६-२०४२)

एउटा अर्काे कथनअनुसार- निज थेत्थरे थेयङनालाई ज्वाईंको हत्याको क्षतिपूर्तिस्वरुप नगद, सुन, चाँदीलगायत एउटा साम्याङ चेत्थ्या (सुनको थाल) पनि दिइएको थियो, उनले सोही थाल माइतीलाई फिर्ता दिएर थला यक (थाल डाँडा वरिपरिको जग्गा आफूलाई दिन रोइकराई गरिन् । उनका माइतीहरुले चेलीलाई दिएको सुनको थाल फिर्ता लिएनन्, तर उनीहरुले थला यकमुनिका बाँझो किपट जग्गा चेलीलाई दिए । यसैले यो डाँडाको नाम थालडाँडा रहन गयो । त्यस स्थानमा रहँदा बस्दा थेत्थरे थेयङनाकी छोरी ‘पूनाङ’को मेवाखोलाको तुम्बाहाम्फेसँग विवाह भयो । मेवाखोला धेरै टाढा, विकट र अन्नपात नहुने स्थान भएकाले त्यहाँ बसोबास गर्न नसकीे पूनाङ पनि मावली गाउँमा नै फर्केर आइन् । छौरे सोदेम्बाहरुले आफ्नी भान्जीलाई पनि सोही ठाउँ (हाल तेह्रथुम म्याङलुङ बजार क्षेत्र)मा बसोबास गर्न दिए । (स्रोत : मुन्धुमसाम्बा स्व.रन्धोज सुक्वाबा वि.सं. १९९३-२०७७)

छौरेका ५ जना दाजुभाइ भेला भएर मुबेरु तिल्लिङजङलाई समातेर दण्ड दिने सल्लाह भयो । थेत्थरे थेयङ्नाले आफ्ना माइतीहरुको गोप्य सल्लाह थाहा पाइन् । उनले सो कुरा थाङबेन मुबेरु तिल्लिङजङलाई सुनाई दिइन् । उता मुबेरु तिल्लिङजङले पनि उसका दाजुभाइ माङभुक, केभुकहरु लिएर लडाईं गर्न आए । छौरे र तिल्लिङहरुको येप्पिचाटार (आहालेटार)मा घमासन लडाईं भयो । तिल्लिङहरु पछि हट्दै सोल्मा पुछार (तिल्लिङटार) पुगे । यहाँ पनि घमसान लडाईं भयो ।

थलायक छौरे लिम्बूहरुको युद्ध किल्लाका साथै पवित्र माङगेन्ना यक पनि हो । हाल यो थलायकलाई थालडाँडा पनि भनिन्छ, जुन म्याङलुङ बजारमाथि पर्छ । यस ठाउँमा सरकारी संरचना बनेर यसको ऐतिहासिक स्वरुप समाप्त हुनै लागेको अवस्था छ । अतः छौरे (सोदेम्बा)हरुको यस ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थललाई पुरानै स्वरुपमा संरक्षण गर्न अत्यन्त जरुरी भएको छ । छौरे वंशसँग सम्बन्धित सुसुवादेन, पुरानडाँडा (जोगी खायल), डाँडाखर्क, पेल्लेङ थेगु आदि स्थानहरु मुन्धुमी स्थलहरु हुन् । त्यस्तै थलायक माङगेन्ना यक भएका थेगुवा, सिङजाङगु, थक्लेङ, फुदोङ, अङलिङ र सुक्वाबाहरुले ध्वस्त भई बाँकी रहेको अवशेषलाई जोगाउन अनिवार्य भएको छ । उनीहरुको उत्पत्ति र राज्य गरेको भूमिसँग अस्तित्व र पहिचानको कुरा पनि जोडिन्छ । त्यसैले छौरे सोदेम्बा लिम्बू वंशहरु मात्र नभई समस्त आदिवासी जनजाति लिम्बूहरु आफ्नो सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक मुन्धुमी स्थलहरुको संरक्षण र सम्वर्द्धन गर्न बेलैमा सचेत भएर अगाडि बढ्न अति आवश्यक भएको छ ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु