Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नेपाल उद्योग परिसंघ र नेपाल चेम्बरको कोभिड फण्डमा आर्थिक सहयोग प्रदान

न्युज कारोबार काठमाडौं जेठ २१, २०७८       

नेपाल उद्योग परिसंघ र नेपाल चेम्बरको कोभिड फण्डमा आर्थिक सहयोग प्रदान

केडिया अर्गनाइजेशनअन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेशनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फण्डमा आर्थिक सहयोग गरेको छ । फाउण्डेशनले कोभिड-१९ बाट सिर्जित वर्तमान अवस्थालाई मध्यनजर गर्दै उक्त फण्डमा पाँच लाख रूपैयाँ सहयोग प्रदान गरेको हो ।

फाउण्डेशनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास लिएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको गैर-नाफामुलक सामाजिक संस्था हो । यसका साथसाथै फाउण्डेशनले नेपाल चेम्बर अफ कमर्सको कोभिड फण्डमासमेत नगद दुई लाख प्रदान गरेको छ ।

सो रकमसमेत अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनका निम्ति सहयोगको एक कोषेढुंगा हुनेमा फाउण्डेशन विश्वस्त रहेको छ । 'कोभिड-१९ को महामारीमा यस फाउण्डेशनद्वारा प्रदान गरिएको सो सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आमजनतालाई राहत पुग्ने छ ।' फाउण्डेशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबरहरु