Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

बाबुले गाली गरेपछि पन्ध्र दिनअघि घर छाडेका बालक भेटिएनन्

न्युज कारोबार सप्तरी जेठ २१, २०७८       

बाबुले गाली गरेपछि पन्ध्र दिनअघि घर छाडेका बालक भेटिएनन्

विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् । हनुमाननगर कंकालनी- ११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन् । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गर्दा  रिसाएर उनी घरबाट निस्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गतेका दिन रवि घरबाट बाहिर निस्किएका भए पनि अहिलेसम्म घर नपुगेको जनाइएको छ । हराएको १५ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुबा जयनारायणले खोजीका लागि इलाका प्रहरी कार्यालाय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयमा लिखित जानकारी दिँदासमेत हालसम्म ती बालक खोजी गर्न नसकिएको बेपत्ता रविका मामा नवीन यादवले बताए । (रासस)

सम्बन्धित खबरहरु