Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

२९.५५ अंकले बढ्यो नेप्से, काराेबार रकम करिब १७ अर्ब

न्युज कारोबार काठमाडौं जेठ २०, २०७८       

२९.५५ अंकले बढ्यो नेप्से, काराेबार रकम करिब १७ अर्ब

बिहीबार नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएर १८५६.६७ अंकमा पुगेको छ । आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत ७.९६ अंकले बढेर ५१३.११ अ‌कमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएकाे छ ।

नेप्सेका अनुसार आज ११८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १ लाख ५५ हजार ६५५ पटक कारोबार हुँदा अधिकतम १६ अर्ब ९० करोड ७० हजार २० लाख २८६ रुपैयाँको कारोबार भएको छ । केही दिनअघि १७ अर्ब माथिको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी कमाउनेमा महिला लघुवित्त र मञ्जुश्री फाइनान्स लिमिटेड रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड रहेका छन् । महिला लघुवित्तका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाएका छन् भने, पन्चकन्याका सेयर धनीहरुले अधिकतम ५.९२ प्रतिशतले गुमाए ।

सम्बन्धित खबरहरु