Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

जनमोर्चाले प्रदेश सांसद थापालाई पदबाट हटायाे

न्युज कारोबार काठमाडौं जेठ २०, २०७८       

जनमोर्चाले प्रदेश सांसद थापालाई पदबाट हटायाे

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद रिक्त गर्नका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका लागि पार्टीका केन्द्रीय महासचिव मनोज भट्ट र संसदीय दलको तर्फबाट पियारी थापाले पत्र पठाएका हुन् ।

आजै बस्ने प्रदेशसभा बैठकमा सूचना पढेर सुनाइने भएको छ । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर गर्न मानेका थिएनन् । साेही कारण उनलाई कारबाही गरिएकाे जनमाेर्चाले जनाएकाे छ ।

सम्बन्धित खबरहरु