काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेलायती अखबारको समाचारबारे डब्लूएचओले भन्यो- कोभिडको ‘नेपाल भेरियन्ट’बारे जानकारी छैन

20.35K
shares

काेराेनाभाइरस (काेभिड- १९)काे उत्पत्ति र विश्वमा यसकाे महामारी फैलिएकाे करिब डेढ बर्ष भइसकेकाे छ । चीनकाे वुहानबाट फैलिएकाे भनिएकाे यस भाइरसले हालसम्म लाखाैंकाे ज्यान गइसकेकाे छ । महामारीकाे राेकथाम र नियन्त्रणका लागि गरिएकाे लकडाउनका कारण विश्वकै अर्थतन्त्र नराम्ररी प्रभावित भएकाे छ । यसरी काेराेना महामारीले मानव जगतमाथि नै धावा बाेलिरहेकाे बेला यही भाइरसकाे विषयलाई लिएर राजनीति पनि जारी छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डाेनाल्ड ट्रम्पले 'चिनियाँ भाइरस' भनेपछि चीन रूष्ट मात्र भएन कडा प्रतिवाद नै गर्‍याे । अझै पनि काेराेनाकाे उत्पत्तिबारे चीनप्रति आशंका गर्दै पश्चिमा मुलुकहरूले निष्पक्ष छानबिन गरिनुपर्ने बताइरहेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि 'भारततर्फबाट आएकाे भाइरस कडा भएकाे' भन्ने अभिव्यक्ति दिएपछि त्यसबारे भारतीय सञ्चारमाध्यमहरूमा असन्तुष्टि व्यक्त भएका थिए । पछिल्लाे समय बेलायतकाे एक अखबारले काेराेना भाइरसबारे नेपालकाे नाम जाेडेर अपुष्ट समाचार प्रकाशित गरेपछि साेबारे नेपालमा चासाे बढेकाे छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ (सार्स-कोभ-२) को नेपाल भेरियन्टबारे जानकारी  नभएको बताएको छ । बेलायती अखबार डेली मेलले आजकाे संस्करणमा 'नेपाल भेरियन्टले हाम्रो बिदामाथि जोखिम सिर्जना गर्‍यो' भन्ने शिर्षकका मुख्य समाचार प्रकाशित गरेलगत्तै डब्लूएचओले नेपाली भेरियन्ट नभएको बताएको हो । डब्लूएचओ नेपालले ट्वीटमार्फत, कोभिडका अल्फा, डेल्टा र कप्पा गरी तीन भेरियन्ट फैलिएकोमा नेपालमा फैलिएको डेल्टा भेरियन्ट सक्रिय रहेको बताएको हो ।