Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

'एनआइबीएल सहभागिता फण्ड'मा दर्ता हुन आग्रह, यस्तो छ प्रक्रिया

न्युज कारोबार काठमाडौं जेठ २०, २०७८       

'एनआइबीएल सहभागिता फण्ड'मा दर्ता हुन आग्रह, यस्तो छ प्रक्रिया

एनआइबीएल एस क्यापिटल लिमिटेडले एनआइबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तेस्रो सामूहिक लगानी कोष योजना 'एनआइबीएल सहभागिता फण्ड' नामक खुलामुखी योजनामा सहभागी हुन बाँकी इकाईधनीलाई आग्रह गरेको छ । इकाईधनीलाई लाभांश पुन:लगानी योजनामा सहभागी हुन २०७७ साल चैत्र २४ गते सूचना प्रकाशित गरिएको थियो ।

हालसम्म पनि सो योजनामा सहभागी नभएका इकाईधनीलाई उक्त योजनामा सहभागी हुन आग्रह गरिएको हो । योजनाअन्तर्गत इकाईधनीले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिनसम्म लाभांश पुन:लगानी योजनाअन्तर्गत नाम दर्ता गराउने इकाईधनी मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने एनआइबीएलले जनाएकाे छ ।

योजनामा दर्ता गर्ने प्रक्रिया :

१) एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा तथा तोकिएका वितरकमार्फत फाराम भरी योग्य इकाईधनीले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

२) योग्य इकाईधनीले अनलाइन लिंक https://mutualfund.niblcapital.com मा गई लाभांश पुन:लगानी योजना दर्ता फाराममार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नेछन् ।

३) आफ्नो हितग्राही खातामा रहेको इमेल ठेगानामार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा इमेल पठाउन सक्नेछन् ।

इमेलमा उल्लेख गर्नुपर्ने विवरण

इमेल विषय लाभांश पुन : लगानी योजना

इमेल ठेगानाः drep.mutualfund@niblcapital.com

इकाई धनीको पुरा नाम :

इकाई धनीको हितग्राही खाता नं:                

इकाई धनीको सम्पर्क नम्बरः

सम्बन्धित खबरहरु