Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

न्युज कारोबार काठमाडौं जेठ १८, २०७८       

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो फाइल तस्बिर

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जंगलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताइन् ।

सम्बन्धित खबरहरु