Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

अशोक लेलैण्डका ९ थान दमकल प्रदेश नं. २ सरकारलाई हस्तान्तरण

न्युज कारोबार काठमाडौं जेठ १७, २०७८       

अशोक लेलैण्डका ९ थान दमकल प्रदेश नं. २ सरकारलाई हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं. २ को मागअनुसार नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापाका साथै नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले दमकल हस्तान्तरण गरेका हुन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए । कुसवाहाले चालू आर्थिक वर्षको बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।

अशोक लेलैण्ड को १६१६ आइएल मोडलको च्यासिसमा बनाइएको दमकलमा जापानिज ‘शिबौरा कम्पनीको’ पम्प प्रयोग गरिएको छ । जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकलजस्तै काम गर्न सकिने जनाएको छ । यस दमकलमा ५५ सय लिटर पानी अट्ने क्षमता रहेको छ । साथै दमकलमा ५ सय लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ । 

कम्पनीकाअनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ । केही महिनाअगाडि अशोक लेलैण्डको दमकल उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताए । दमकलको कार्य क्षमता, यसमा रहेका अत्याधुनिक उपकरणका साथै दमकलको मर्मत खर्च कम हुने भएकाले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबरहरु